काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ घटेर काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

गत साता अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज चाँदी तोलाको १ हजार २३० रुपैयाँ कायम भएको छ। गत साता शुक्रबार चाँदीको भाउ १५ रुपैयाँले बढेर १ हजार २६० रुपैयाँ कायम भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।