संसद विघटन संविधानले परिकल्पना नै गरेको छैन : पुर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार गठन हुनसक्ने अवस्था हुँदासम्म संसद विघटन संविधानले परिकल्पना नै नगरेको बताएकी छन् । धारा ७६ को सम्पूर्ण उपधाराले सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्ने होइन भनेको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले ‘कुनै हालतमा पनि हाउसले सरकार दिन सक्दैन भने मात्र विघटनमा जान पाउने बताइन् ।

‘सरकार बन्नै नसक्ने हो भने अहिले ट्रायल नै भएको छैन’ उनले अघि भनिन्, ‘पार्टी एउटै छ रे, प्रधानमन्त्रीले हाउसमा ६४ प्रतिशत छ पनि भन्नुहुन्छ । यो के खालको विघटन हो ?’ यद्यपि यसबारे अदालतले व्याख्या गर्ने उनले बताइन् । उनले आफूसहित चार जना पूर्वप्रधानन्यायाधीशले देशकाल परिस्थिति हेरेर संविधानको व्याख्या गरिदिनुस् भन्दा अनावश्यक वात लागेको समेत गुनासो गरिन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला