नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।