जनआन्दोलनकै झल्को दिने गरी काठमाडौंमा प्रचण्ड–नेपाल पक्षको विशाल विरोध प्रदर्शनसहित सभा (फोटोफिचर)

काठमाडौं १० माघ । जनआन्दोलनकै झल्को दिने गरी नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव) पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालेर शक्ति प्रदर्शन गरेको हो।

एक लाख मानिस उतार्ने लक्ष्यसहित गरिएको विशाल विरोध प्रदर्शनमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएको पाइएको छ । विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागी भएका छन्। विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गरिसेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सम्बोधन गरिरहेका छन्। यही पुष ५ गते प्रधानमन्त्री केपी ‌‌ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए।