असोज १० । अपहरण अभियोगमा जेल सजाय भोगिरहेका नेता श्यामसुन्दर गुप्ताले दिएको खाना खाँदा तीन प्रहरी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई अहिले आईसियूमा राखेर उपचार गराईरहेको छ ।

गुप्ताको सुरक्षाको लागि खटिएका प्रहरी हवल्दार पदम नेपाली तथा जवानहरु तेजबहादुर कठायत, राधेश्याम बर्मा र लीलाधर नेपाली गम्भीर बिरामी परेकोमा लीलाधर र बर्माको आइसियूमा उपचार भइरहेको नागरिक र नयाँ पत्रिकाले खबर छापेका छन् ।

रक्तचाप बढेपछि गुप्ता मंगलबार दिउँसो ३ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा भर्ना भएको र कैदी बन्दी अस्पतालमा भर्ना हुँदा उनीहरुको सुरक्षार्थ प्रहरीसमेत खटाइने हुन्छ ।

सुरक्षार्थ खटिएका उनीहरुले मंगलबार बेलुका गुप्ताको छोराले ल्याएको कोल्ड ड्रिक्स र खाना खाएका थिए ।  खाना खाए लगत्तै उनीहरुका साथै नेता गुप्ताका छोरा पनि बिरामी परेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।