असोज १० । घोषित संविधानसभाको विरोध गरिरहेको नेकपा माओवादी मोर्चाले चुनाव बहिस्कारका लागि ठूला दलका शिर्ष नेताहरुलाई चन्दा मागेको खुलेको छ ।

माओवादीले चन्दाका लागि अनुरोध गरिएको पत्र प्रमुख दलका शीर्ष नेताहरुलाई पठाएको हो ।

नेकपा–माओवादीको नेवाः राज्य समितिको लेटरप्याडमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई पत्र बुझाईएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

कांग्रेस सभापति सुशील कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रस बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले बरिष्ठ नेता माधव नेपाललगाएतलाई पत्रचारको सूचिमा राखिएको पनि खबरमा उल्लेख छ ।

बुधवार बिहान नेकपा–माओवादीका तीन कार्यकर्ता प्रचण्ड निवासमै गएर चन्दाका लागि अनुरोध गरिएको पत्र बुझाएका थिए ।

आर्थिक सहयोगको लागि अनुरोध गरी प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा आर्थिक, नैतिक र भौतिक सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।