असोज १० । नेकपा एमाले अध्यक्ष झलनाथ खनालका सचिवले नै एमाले परित्याग गरेका छन् ।

खनालको सचिवालयका सचिव निर्मल भट्टराईले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन् ।

एमाले राज्य व्यवस्था समिति र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका भट्टराईले पार्टी परित्याग गरेको पत्र अध्यक्ष खनाललाई बुझाएको नयाँ पत्रिकाले खबर छापेको छ ।

पार्टीमा मिहिनेत गरेकाभन्दा नेताको खल्तीबाट भिकिएकाहरुलाई उम्मेदवार बनाउने नीति अवलम्बन गरिएको भन्दै भट्टराईले असन्तुष्टि जनाएको बताइएको छ ।

एमालेमा नीतिभन्दा व्यक्ति हावी भएको र यो संस्कार नसच्चिने देखेर आफूले राजीनामा दिएको उनले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।