असोज ९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई माओवादीबीच एकताको विकल्प नरहेको बताएका छन् ।

विरोधीहरु दुई वटा माओवादीहरु एक नहोस् भन्ने चाहन्छन् उनीहरुले नचाहे पनि दुवै माओवादीको एउटै एजेण्डा भएकाले आवश्यकता एकता हो’ बुधबार नेकपा–माओवादीबाट आएका केन्द्रीय सदस्य महेन्द्र पासवान लगायतको टोलिलाई एमाओवादीमा प्रवेश गराउँदै उनले भनेर्, नेकपा–माओवादीसँग पार्टी एकता र धुव्रीकरणको प्रक्रिया सुरु भएको छ, अब यो प्रक्रिया दुवै पार्टी एक नभएसम्म रोकिने छैन ।’

कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टी एक हुनैपर्ने भन्दै आफूहरुबीच कुराकानी पनि भईरहेको समेत बताए र्। पासवानजी पार्टीमा फर्कनुभयो यो सामान्य कुरा होइन’, कार्यक्रममा हौसिदै दाहालले भनेर्, यसले दुई वटा माओवादी एक हुनैपर्छ भन्ने सन्देश दिएको छ ।’ पार्टी प्रवेश गराएपछि मन्तव्य दिने क्रममा एकताको विषय पटक पटक उठाएका उनले जनताले दुई वटा माओवादी भएको हेर्नै नचाहेको पनि बताए ।

एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादीबाट विद्रोह गरेका केन्द्रीय सदस्य महेन्द्र पासवान, रविन्द्र पटेल र हरि ज्ञवाली लगायतका नेताहरु एमाओवादीमा प्रवेश गरेका थिए ।

उनीहरुलाई अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी लगायतका नेताहरुले विद्रोह गरी आएका नेता तथा कार्यकर्ताको स्वागत गरेका थिए ।

मंगलबार नेकपा–माओवादी पार्टी परित्याग गरेर पासवानसहितका नेताहरुले नेकपा–माओवादी (विद्रोही) गठन गरेका थिए ।
त्यसको भोलिपल्ट बुधबार नै उनीहरु एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा ब्यानर भने पार्टी एकीकरण भनेर उल्लेख गरिएको थियो । तर अध्यक्ष प्रचण्डले सबैलाई खादा ओढाएर पार्टी प्रवेश झैँ हात मिलाएर सबैलाई भित्राएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।