असोज ९ । सञ्चो नभएको भन्दै नायक भुवन केसी राप्रपा नेपाल प्रवेशको कार्यक्रम गएनन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार केसी प्रवेश गर्ने कार्यक्रम राखिए पनि उनी भने नगएका हुन् ।

राप्रपा नेपालले केसी सञ्चो नभएर नआएको बताएको छ । उनी पार्टी प्रवेश गर्ने अर्को कार्यक्रम भने केही पनि तय भएको छैन ।

तत्कालिन प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले २०६७ साल पुसमा केसीलाई एमालेमा प्रवेश गराएको थिए । आज भने राप्रपा नेपालको धुम्बाराहीस्थित कार्यालयमा अध्यक्ष कमल थापाले केसीलाई पार्टी प्रवेश गराउने कार्यक्रम थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।