असोज ९ । पकिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।
बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा ३ सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मृतकहरु तथा घाइतेहरुको उद्धारकार्य जारी रहेकाले मृतकको संख्या वृद्धि हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।
अधिकारीहरुका अनुसार ३ सय बढी घाइते छन् । भूकम्पको झट्काले ग्वादार मा तिस मिटर चौडा एक टापुको उत्पत्ति पजि भएको जनाइएको छ ।



