Friday, August 14, 2026
20.3 C
Kathmandu
Home मुख्य समाचार अब एक हप्ता हरेक दिन दुई घण्टा माइतीघरमा नेकपाको धर्ना

अब एक हप्ता हरेक दिन दुई घण्टा माइतीघरमा नेकपाको धर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूह) ले प्रतिनिधिसभा विघटनकाे विराेध तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै माइतीघर मण्डलमा आज (बुधबार) देखि साताव्यापी धर्ना सुरु गरेको छ । तेस्रो चरणको विरोध अन्तर्गत माघ २१ गतेसम्म धर्ना जारी राखिने नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

शनिबारबाहेक एक साता हरेक दिन मध्याह्न १२ बजेदेखि २ बजेसम्म धर्ना जारी रहने नेकपाले जनाएको छ । धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी रहेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो।

धर्नामा बसेकाहरूले लोकतान्त्रिक शक्तिहरू एक होऔं, संसद विघटन गर्न पाइँदैन, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लेखिएका प्लेकार्ड टाँसेका छन् । धर्नाको अगुवाइ स्थायी कमिटी सदस्य भुसालका साथै अष्टलक्ष्मी शाक्य, शक्तिबहादुर बस्नेत लगायत नेताहरुले गरेका छन् । तेस्रो चरणको विरोध प्रर्दशनसहित सभा हुने जनाइएको छ। नेकपाले काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा माघ २८ मा गर्ने गरि कार्यक्रम सार्वजनिक गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।