असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगनले मंगलबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई पक्राउ गरेको छ ।

रोक लगाएको बोनस वितरण गरेको सुचना सार्वजनिक भएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्य कर्मचारीहरुमा निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले रहेको अख्तियारले जनाएको छ ।

ख्तियारले निगमलाई कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न २०६५ सालमा नै निर्देशन दिएपनि ञ्चालक समितिको निर्णय विपरीत निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट २०६५ सालको नाफा भन्दै बोनस वितरण गरेकाले पक्राउ गरिएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।