असोज ८ । नेपालमा बढ्दै गएको सुचना प्रविधिको बिकास संगसंगै नयाँ–नयाँ प्रविधि प्रयोग गरि आफ्नो व्यापार व्यवसाय अगाडि बढाउँदै आएका स–साना देखि ठूला व्यापारीहरूका लागि अर्को नयाँ माध्यम आएको पनि थपिएको छ ।

मंगलबारबाट  संचालनमा आएको जस्टकल नेपाल प्रा.लि. नेपालको एकमात्र यस्तो कम्पनी हो  यस कम्पनीले कुनै पनि व्यापार सम्बन्धी सम्पूर्ण जानकारी जस्तै फोन नं, ईमेल, ठेगाना, व्यापार रहेको स्थान सम्बन्धी जानकारी संकलन गरी आफ्नो वेबसाइटमा राखी दिने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

कुनै पनि ग्राहकले आफूलाई आवश्यक परेको वस्तु तथा सेवाको जानकारी तुरुन्त वेबसाइत मार्फत कल सेन्टरमा कल गरेर वा एस.एम.एस. द्धारा प्राप्त गर्न सक्नेछ । २४ सै घण्टा र हप्ताको सातै दिन सेवा प्रदान गर्ने यस कम्पनीले व्यस्त जिवनमा आइपर्ने दैनिक आवश्यकीय सुचना सहजै प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

 कम्पनीका सि.एस.ओ. मोहम्मद अनिशका अनुसार संचालनमा आएको एक सातामा नै ५०००० हजार भन्दा बढी व्यवसायीहरुले दर्ता गर्नका लागि सम्पर्क भइसकेको जानकारी दिए ।

व्यापार र संभावित ग्राहकहरु बिच रहेको दूरी मेटाउँदै व्यापार बिस्तारमा सहयोग गर्ने प्रथम र एकमात्र उद्देश्य कम्पनीको रहेको छ । प्रधान कार्यालय झम्सिखेल ललितपुरमा रहेको जस्टकल नेपाल प्रा.लि. निकट भविष्यमा मुलुकभर संचालनमा आउने कुरा सि.एस.ओ. मोहम्मद अनिशले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।