साताको पहिलो दिन आज बढ्यो सुनको भाउ (आजको मूल्यसहित)

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन ९२ हजार र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा खरीद विक्री भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको हो ।

यस्तै, आइतबार चाँदीको भाउ पनि भाउ बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार २८५ रुपैयाँमा खरीदविक्री भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला