भाषणमा ‘श्री ५ काे सरकार’ भनेका मन्त्रीले यसरी मागे माफी

खानेपानी मन्त्री मणि थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएकाे भन्दैै माफी मागेका छन् । शनिबार उनले भाषणकाे सम्बाेधन गर्ने क्रममा ‘श्री ५ काे सरकार’ भनेर उच्चारण गरेका थिए । उनकाे उक्त भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । उनकाे चर्काे आलाेचना समेत भईरहेकाेे छ । आज भने उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् । उनले माफी माग्दैै फेसबुकमा यस्ताे लेखेका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयाेग हुन गएकाेमा क्षमा चाहन्छु ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला