प्रचण्ड–माधव समूह पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी गर्न आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूह पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन् ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।