ओली समूहको आमसभाका कारण लाइसेन्स परीक्षा नै स्थगित

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको आमसभाका कारण आगामी २३ माघमा हुने सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा प्रभावित हुने भएको छ ।
महानरीय ट्राफिक प्रहरी महाशाखाले यातायात कार्यालयहरुलाई उक्त दिनको परीक्षा स्थगित गर्न अनुरोध गरेपछि अब परीक्षा नहुने पक्कापक्की जस्तै बनेको छ । २३ माघमा ओली समूहको काठमाडौं उपत्यकामा आमसभा गर्ने कार्यक्रम तय गरिएकाले उक्त दिनको लाइसेन्सको ट्रायल परीक्षा नै प्रभावित बनेको हो ।
महाशाखाले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, बागमती प्रदेश कार्यालय ललितपुर, काठमाडौं, जगाती भक्तपुर र ठूलो भर्याङ काठमाडौंलाई पत्र लेखेर २३ गते विभिन्न राजनीतिक दलहरुबाट उपत्यकाका विभिन्न स्थानहरुमा विरोध र्कार्यक्रम लगायतका कार्यक्रम तथा भिभिआईपी÷भिआइपीहरुको आवागमनका कार्यक्रम भएकाले ट्राफीक व्यवस्थापनमा अधिकतम् जनशक्ति खटाउनुपर्ने भएकाले उक्त दिन सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।