बिनोद श्रेष्ठ / यूएई
असोज ८  । एकीकृत नेकपा माओवादी प्रबास अन्तर्गत यूएईमा रहेको नेपाली जनप्रगतिशिल मंचले मंसिर ४ मा हुन गई रहेको दोश्रो संबिधान सभा चुनाबको लागी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट तीन जना लाई सिफारिस गरेको छ।
 सोमबार दुबईमा बसेको सचिबालय बैठकले लामो समयदेखि युएईमा सामाजिक सेवामा सक्रिय रहदै आएका समाज सेवी तथा प्रगतिशिल बिचारका चन्द्र बहादुर रोकाहा, उत्तम अधिकारी र शम्भु कुमार वाइबा लार्इ सिफारीस गरिएको मंचका अध्यक्ष हेमन्त पौडेलले जानकारी  दिएका छन् ।
प्रबासमा रहेर पनि पार्टीलाइ मंचले पु¥याएको उच्च मुल्याङ्कन गर्दै प्रतक्ष तथा समानुपातिक तर्फ नाम सिफारिस गरी पठाउन पार्टीले दिएको निर्देशन अनुशार नाम पठाइएको मञ्चका महासचिब बाबुराम बिश्वकर्माले बताएका  छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।