काठमाडौ. । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर बनेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।