कार्यक्रम सकेपछि आफैं सरसफाईमा जुटे नेकपाका नेता कार्यकर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंका भृकुटी मण्डपमा विशाल विरोधसभा सम्पन्न गरेपछि आफैं सडकमा निस्किएर सरसफाई गरेको छ ।
सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले कार्यक्रम सम्पन्न भएपछि गरेका हुन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन् ।