असोज ८ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई गुप्तबासमा बसेका छन् ।

घोषित निर्वाचनका लागि ‘पार्टीको चुनावी घोषणापत्र’ तयार गर्न भट्टराई राजधानीनजिकैको रिसोर्टमा पत्नी हिसिला यमी र केही सहयोगीका साथ गुप्ताबास बसेका हुन् ।

सानेपास्थित निवासमा उम्मेदवारका आकांक्षी बिहानैदेखि भीड लाग्न थालेपछि ‘घोषणापत्र लेखन कार्यमा बाधा पुगेको’ भन्दै भट्टराई गोप्य रूपमा रिसोर्ट पुगेको आजको राजधानी दैनिकमा खबर छ ।

एमाओवादीले चुनावी घोषणापत्र निर्माण गर्न भट्टराई नेतृत्वमा ‘प्रतिबद्धतापत्र निर्माण समिति’ गठन गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।