नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।