नेकपा-माओवादीमा ५० भन्दा बढी युवा प्रवेश

असोज ७ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी ५० भन्दा बढी युवाहरु विभिन्न पार्टीबाट प्रवेश गरेका छन् ।
ललितपुरमा आइतबार विभिन्न दलका स्थानीय ती युवाहरुलाई नेकपा माओवादी पोलिटब्यूरो सदस्य सोनामले पार्टीमा भित्राएको क्रान्तिकारी पत्रकार महासंघ ललितपुर जिल्ला सह संयोजक दामोदर खनालले जानकारी दिए ।

चुनाव बहिस्कार अभियान अन्तर्गत ग्वार्कु इमाडोल क्षेत्रमा उनीहरु पार्टी प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गराउदै सोनामले यथास्थितिमा षड्यन्त्रपूर्वक ढंगले गराउन लागेको निर्वाचन कुनै पनि हालतमा गर्न नदिने भन्दै त्यसका लागि सशक्त प्रतिकार गर्न निर्देशन दिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।