सुनको मूल्य आज बढ्याे ह्वात्तै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य तोलामा ८९ हजारमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार एक सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८९ हजार ६५० सय कायम गरिएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३३५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३६० पुगेको महासंघले जनाएको छ ।