नेपालमै दिनहुँ दुई बलात्कार

असोज ७ । नेपाल हेर्दा मात्र सानो देश, यहाँ पनि बलात्कारका घटना दिनहुँ बढीरहेका छन् । अझ, महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको तथ्यांक अनुसार त नेपालमा दैनिक झन्डै दुई जना बलात्कृत हुने गरेका छन् ।

रसुवामा १९ बर्षीया बालिका बाबुवाट बलात्कृत भइन् । आमा दोस्रो विबाह गरेर हिडेपछि उनी लगातार बलात्कृत हुँदै आएकी थिइन । सनसरीकी १७ बर्षीया किशोरी बलात्कारको जाहेरी दिन प्रहरीकहाँ जाँदा प्रहरीवाटै बलात्कृत भइन् । यी दुई प्रतिनिधि घटनामात्र हुन् । नेपालमा उनीहरुजस्ता थुप्रै बालिका, किशोरी दिनहुँजसो बलात्कारको शिकार भइरहेको आजको नागरिक दैनिकमा खबर छ ।

आरेकले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मासिस ५० वटा बलात्कारका घटना हुने गरेको छ । २०७० बैशाखदेखि साउन मसान्तसम्म बलात्कारका १ सय ९० घटना भएको प्रतिवेदनमा छ । यस अबधिमा बलात्कार प्रयासका २८ घटना भए । कैयन बलात्कारका घटना लोकलाज र डर धम्कीका कारण बाहिर आउँदैनन् प्रतिवेदनमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।