असोज ७ । दशैंका लागि भनेर नेपाल खाद्य संस्थानले राजधानीको रामशाहपथस्थित दशैं बजारमा बेच्न राखेको चालममै किरा भेटिएको छ ।एक सय ७० क्विन्टल रहेको चामलमा किरा फेला परेको हो ।
संस्थानले बर्दियाको राजापुरस्थित आधुनिक चामल उद्योगबाट ल्याएर शनिबार बिहान दशैं बजारमा खसालेको ‘मकवानपुरे’ ब्रान्डको चामलमा किरा परेको पाइएपछि संस्थानका उच्च अधिकारीले गुपचुप थापाथली गोदाममा पुर्यामएको अन्नपूर्ण दैनिकले खबर छापेको छ ।
किरा परेको चामलका विषयमा मन्त्रीपरिषद कार्यालयले भने छानबिन गर्न निर्देशन दिएको छ । कृषि विकास सचिवलाई चामलको गुणस्तर र कसका कारणले त्यस्तो भएको हो छानबीन गरि प्रतिवेदन बुझाउन मुख्यसचिव लीलामणि पौडेलले निर्देशन दिएका हुन् ।
Comments







