काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका नेता कार्यकर्तालाई विजयी र्‍याली निकाल्न निर्देशन दिएका छन् । ‘अब हाम्रो विरोध प्रदर्शन विजय र्‍यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्नेवित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्‍याली गर्न विशेष अपील गर्छु ।’ उनले भने ।

प्रचण्डले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक फैसला रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन पार्टी पंक्तीलाई अपील गरे ।

दाहालले संवैधानिक इजलासका प्रधानन्यायाधीश, न्यायधीशहरुको आजको फैसला ऐतिहासिक र सहासिक भन्दै उनीहरुलाई पनि बधाइ दिए । अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको होइन, संविधान ट्याकमा ल्याउने भने जसरी फैसला आएको बताए । उनले नेकपा केपी ओली समूहमा लागेकाहरुलाई आफू नेतृत्वको पार्टीमा फर्कन समेत अपीले गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।