नेफ्राको सेयर कारोबारमा समस्या, मेरो सेयर र टिएमएस्बाट पनि हट्यो

काठमाडौं । पछिल्लो पटक चर्चाको शिखरमा रहेको नेफ्राको सेयर कारोबारमा समस्या आएको छ । प्राविधिक कारण नेफ्राको सेयर टिएमएस र मेरोसेयरमा देखिएको छैन । लगातार सातौं दिन पोजेटिभ सर्किट हानेर हिजोदेखि करेक्शन सुरु भएको नेफ्राको सेयरमा आज बुधबार भने प्राविधिक समस्याका कारण कारोबारमा नै समस्या देखिएको हो ।
नेप्सेमा नेफ्राको सेयर ५९४ रुपैयाँ अर्थात १०० प्रतिशत घटेको देखाइएको छ । दिनमा १० प्रतिशत मात्र घटबढ हुनुपर्नेमा प्राविधिक समस्याका कारण यस्तो देखिएको हो ।