काठमाडौं १२ फागुन । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दलको नेताबाट कारबाही गरेर हटाउन लागेको छ ।

नेकपाका एक नेताले आजको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्ने जानकारी दिएका छन् । प्रचण्ड–माधव समूहले यसअघि ओलीलाई सुरुमा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । पछि, पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । आज बस्ने संसदीय दलको बैठकले दलको नेताबाट पनि हटाउन लागेको हो ।

गत ५ पुसमा प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नै नगरी प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसअघि उनको विरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भइसकेको छ । संसद नै विघटनको अवस्थामा पुगेपछि संसदिय दलको बैठक बस्न सकेको थिएन । सर्वोच्च अदालतले मंगलबार संसद पुनस्र्थापना गर्ने निर्णय गरेपछि आज नेकपा संसदीय दलको बैठक बस्न लागेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।