असोज ६ । अमेरिकी पप गायिका सेलेना गोमेजलाई रुसले भिसा दिन अस्वीकार गरेपछि उनका पूर्वी युरोपका विभिन्न सहरका कन्सर्ट रद्द भएका छन् ।
१ वर्षीया अमेरिकी गायिका सेलेनालाई रुसले भिषा नदिँदा उनका कार्यक्रममा नै प्रभावित मात्रै नभएर रद्ध हुन पुगेका छन् ।
गतवर्ष रुसमा कन्सर्टका क्रममा पप गायिकाहरू लेडी गागा र म्याडोनाले समलिंगी प्रेम र अधिकारका विषय उठाएपछि रुस यस विषयमा सतर्क हुँदै आएको छ ।
सेलेनालाई भिसा दिन अस्वीकार गर्नुमा समलिंगी अधिकारलाई चर्काइन सक्ने सम्भावनासँग पनि जोडेर हेर्ने गरेका छन् ।
Comments








