आइतबार सुनचाँदीको भाउ घट्याे, तोलामा कति ?

आइतबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । फागुन १६ गते, आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८७ हजार ८५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८०० रुपैयाँमा झरेको थियो । आइतबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार भने चाँदी प्रतितोला २० रुपैयाँले गिरावट भई एक हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला