असोज ६ । इराकको राजधानी बगदादमा सिया मुसलमान समुदायहरुको बसोबास रहेको सद्र सिटी क्षेत्रमा भएको आत्मघाती कार बम आक्रमणमा ६० जना भन्दा बढिको ज्यान गएको छ ।
अधिकारीहरुका अनुसार ज्यान जानेहरुमा बढि महिला रहेको बताइएको छ । उक्त घटनामा अझै ७० गम्भिर घाइते भएका छन् । गएराती भ्एको उक्त बिष्पोटको जिम्मा कसैले लिएको र्छैन ।
संयुक्त राष्ट्रको आकडा अनुसार इराकमा यो वर्ष अहिले सम्म
५००० निर्दाष मानिसहरुले ज्यान गुमाइसकेका छन ।
Comments







