असोज ६ । इराकको  राजधानी बगदादमा  सिया मुसलमान समुदायहरुको बसोबास रहेको  सद्र सिटी   क्षेत्रमा  भएको  आत्मघाती कार बम आक्रमणमा  ६० जना भन्दा बढिको ज्यान  गएको छ ।

अधिकारीहरुका अनुसार ज्यान जानेहरुमा बढि  महिला रहेको बताइएको छ । उक्त  घटनामा अझै  ७० गम्भिर घाइते  भएका  छन् । गएराती  भ्एको उक्त  बिष्पोटको  जिम्मा  कसैले  लिएको र्छैन  ।

संयुक्त राष्ट्रको आकडा अनुसार इराकमा  यो वर्ष अहिले सम्म
५००० निर्दाष  मानिसहरुले  ज्यान  गुमाइसकेका  छन  । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।