काठमाडौं । हिजो घटेर कारोबार भएको सुनचाँदीको मूल्य आज बुधबार भने वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक हजार ७०० रुपैयाँले गिरावट भएर प्रतितोला ८७ हजार रुपैयाँ पुगेको थियो ।
यसैगरी बुधबार तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनसँगै चाँदीको भाउमा पनि यस दिन बढोत्तरी भएको छ । महासंघको तथ्याङ्क अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ४० रुपैयाँले ओरालो लागेर एक हजार २९० रुपैयाँमा झरेको थियो ।
Comments