सरकार र विप्लव समूहबीच बालुवाटारमा पहिलो चरणको वार्ता

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीचको बालुवाटारमा नै पहिलो चरणको वार्ता भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै आज दुवै पक्षबीच वार्ता भएको हो ।
सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन् । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।

आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताइएको छ । वार्तामा विप्लव समूहले विभिन्न बहानामा जेलमा रहेका नेता तथा कार्यकर्ताको रिहाई गरिनुपर्ने, झुटा मुद्धाहरु फिर्ता गरिनुपर्ने, सहज वातावरण निर्माण हुनुपर्ने माग राखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।