लगातार दुई दिन घटेको सुनको भाउ आज आइतबार बढ्यो (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ वृद्धि भएको छ । आज आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो। गत साताको अन्तिम कारोबार दिन २०७७ कै सस्तो मूल्यमा कारोबार भएको सुनको मूल्य आज उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको अन्तिम कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यस दिन तेजाबी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाउँछ। शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट भएर आजकै मूल्यमा किनबेच भएको थियो।