आज सुनचाँदीकाे मूल्य बढ्याे (मुल्य सहित)

सुनचाँदीको मूल्यमा दैनिक रुपमा देखिएको उतारचढाव कायम छ । बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघले जनाए अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

बुधबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार हुँदैछ । मंगलबार भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले ओरालो लागेर एक हजार २५५ रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ ।