असोज ५ । झापा आन्दोलनका अर्का एक योद्धाले पनि झुण्डिएर आत्महत्या गरेका छन् । हर्क खड्काका भाइ दिलबहादुर खड्काले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
एमाले नेताहरुले सञ्चालन गरेको तत्कालीन झापा आन्दोलनका बेला प्रहरीको धरपकडमा परी लामो समय उनी जेल परेका थिए । आर्थिक कारणले श्रीमतीसँग झगडा परी घरबाट हिडेको बताइएका उनी भाङबारीको वृक्षारोपणमा मृत अवस्थामा भेटिएको स्थानीयाबासीले बताएका छन् ।
यसअघि झापा आन्दोलनका अर्का योद्धा डेकेन्द्र राजवंशीले छोरालाई जागिर खुवाउन नसकेपछि एमाले मुख्यालय बल्खुमै आत्महत्या गरेका थिए ।
त्यसको केही समयपछि डेकेन्द्रका छोरालेसमेत बिर्तामोडमा आत्महत्या गरेका थिए ।
त्यसैगरी, झापाका माओवादी नेता चतुरसिंह राजवंशीका बुबाले पनि आत्महत्या गरेका थिए । उनलाई सेनाले बेपत्ता समेत पारेको थियो ।