असोज ५ । सर्लाही सदरमुकाम मलंगवा  सिमाबाट भारत लौजाने क्रममा ३ महिला र २ पुरुष दलाललाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र सिमा सुरक्षा प्रहरी बल सर्लाहीले मलंगवा–१० ले   भित्रिबाटो हुदै भारत तर्फ जान लागेको समयमा  उनीहरुलाई  प्रक्राउ  गरेको हो ।

प्रक्राउ पर्नेमा मकवानपुर छतिवन -९ की सोममाय मोक्तान, मोरङ्गकी लिला थापा,दोलखा स्यावा- १ की जाङमु शेर्पा,  सर्लाहीका चन्द्रवहादुर मोक्तान र सिन्धुपाल्चोकका वीरबहादुर तामाङ  रहेको प्रहरीले जनाएको छ ।

सोधपुक्षका क्रममा  उनीहरुले बेग्ला बेग्दै जवाफ आएपछि उनीहरुलाई थप अनुसन्धान  गरिएको  थियो । प्रारम्भिक अनुसन्धानबाट उनीहरुलाई भारतको कोठीमा बेच्नका लागि लौजान लागेको हुन सक्ने बताइएको  छ ।

प्रहरीले उनीहरुको साथबाट  १५ हजार  भारतिय रुपौया र ६० हजार रुपैयाँ सहित अमेरकी डलर समेत बरामद गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।