आज बढ्यो सुनको भाउ (आजको मूल्यसहित)

काठमाडौं । साताकाे पहिलाे दिन आज आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार १५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८५ हजार ७५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला