देउवाले मुख खोले, ‘सरकारको नेतृत्व गर्न तयार छु’

बारा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशमा संकटको बेला सरकारको नेतृत्व गर्ने अवसर आएमा पछाडि नहट्ने बताएका छन् ।
बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय समावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा उनले कांग्रेस पदको लोभी नभएको बताए ।
‘जब–जब देशमा संकट आएको छ, तब–तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास छ,’ उनले भने, ‘अहिले पनि देशको राजनीति संकटले सरकार अप्ठ्यारोमा परेकाले त्यसको निकास दिन सरकारको जिम्मेवारी लिन म तयार छु ।’ खेलकुद विकास गर्न पार्टीले खेलकुदलाई जहिल्यै प्राथमिकतामा राखेको बताए ।