लगातार दुई दिन स्थिर रहेकाे सुनकाे भाउ बढ्याे (आजकाे मूल्यसहित)

काठमाडौँ । बुधबार सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले बढेर ८६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार, सोमबार र मंगलबार छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार ४५० रहेको छ त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।