अदालतले भन्यो, ‘दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनू’

काठमाडौं । अदालतले बिना कसुर ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । भारतको कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार यस्तो आदेश जारी गरेको हो ।

कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले सोमबार दुर्गा प्रसादका परिवारबाट माग भए कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

अदालतले कोलकाता सेन्ट्रल जेलमा रहेका दिमागी हालत बिग्रिएका बिरामी कैदीहरुको सत्यतथ्यसहित एक रिपोर्ट बुझाउन समेत जेल प्रशासनलाई आदेश गरेको छ । ‘अदालतले यही २५ तारिखभित्र रिपोर्ट बुझाउन भनेको छ’, उनले भने ।