बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १० रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लाे दिन बुधबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

बिहीबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।