असोज ४ । चितवनका व्यवसायीहरुले नारायणगढस्थित  लक्ष्मीनारायण बस्त्रालयलाई राजश्व अनुसन्धान विभागले  भ्याट छलेको ठहर गर्दै चार करोड ५८ लाख आठ सय २३ रुपैयाँ जरीवाना तिर्न ताकेता गरेपछि उद्योग वाणिज्य संघ चितवनको आहृवानमा आज जिल्लामा ब्यबसाय बन्द गरिएको छ ।

व्यवसायीहरु राजश्व विभागले  गरेको कारबाहीको निर्णय फिर्ता  नभए  आन्दोलन  थप गर्दै  लौजाने पनि   बताएका छन् ।

यस अघि राजश्व विभागले गत वर्षको जेठ २४ मा राजश्व ठगीको  आशंकामा बस्त्रालयमा छापा मार्ने क्रममा व्यवसायीहरुले विभागको गाडी जलाउनुका साथै कर्मचारीलाई समेत लखेटी अनुसन्धान टोली चढेर आएको सरकारी  गाडी  समेतजलाएका थिए। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।