बिहीबार सुनको मूल्य बढ्याे (मूल्य सहित)

निरन्तर दुई दिन घटेको सुनको मूल्य बिहीबार उकालो लागेको छ। चैत १९ गते सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दुई कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको थियो । बुधबार सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।यसैगरी बिहीबार चाँदीको भाउ पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदब्रिक्री हुँदैछ । बुधबार महासंघले चाँदीकाे भाउ प्रतिताेला एक हजार १९५ रूपैयाँ ताेकेकाे थियाे ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

चाँदीको भाउ एक साता यता लगातार ओरालो लागेको छ । गत साताको बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि भने चाँदी साताभरमा तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढोत्तरीे छ । यस दिन सो बजारमा सुन प्रति अउन्स २८ डलर भन्दा धेरैले बढेर प्रति अउन्स एक हजार ७१२ डलरमा किनबेच भइरहेको छ । यस साताको सोमबार र मंगलबार प्रति अउन्स ४७ डलरले ओरालो लागेको सुनको भाउ बुधबार यता भने वृद्धि भएको हो । चाँदी पनि आज अन्तरराष्ट्रिय बजारमा बढेर प्रति अउन्स २४ डलर भन्दा बढिमा कारोबार भइरहेको छ ।