शुक्रबार सुन र चाँदी दुबैको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि बढेर १ हजार २४० रुपैयाँ पुगेको छ । हिजाे बिहिवार प्रतितोला १ हजार २१० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँले बढेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।