काठमाडौं । नयाँ वर्ष २०७८ को पहिलो कारोबारको रुपमा खुलेको सुनको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । २०७७ को अन्तिम कारोबार दिन भने सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहिबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा नै ३० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २९० रुपैयाँमा किनबेच हुँदैछ । चैत ३१ गते चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।