काठमाडौं । सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरूले आज बिहीबार सिंहदरबारभित्रै आन्दोलन गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्थाअनुसार नायब सुब्बाहरूमाथि अन्याय भएको उनीहरुको भनाई छ ।
राजपत्र अनंकित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनंकित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग उनीहरुको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।