Tuesday, August 25, 2026
26.1 C
Kathmandu
Home समाचार लगातार बढ्दै आएको सुनको भाउ मंगलबार घटेर कारोबार

लगातार बढ्दै आएको सुनको भाउ मंगलबार घटेर कारोबार

बैशाखको सुरुवातदेखि बढेको सुनको मूल्य मंगलबार घटेर काराेबार भएकाे छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे छ।

सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ पुगेको थियो। बैशाखको पहिलो कारोबार दिनयता सुनको भाउ दिनहुँ बढिरहेको थियाे। बैशाख २ गतेदेखि सुन तोलामा ९०० रुपैयाँले बढोत्तरी भएको थियाे। चाँदीको भाउ लगातार तेश्रो दिन स्थिर रहेको छ। बैशाख ३ गतेयता चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।