हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो (मूल्यसहित)

काठमाडौं । सुनको भाउ बुधबार एकै दिनमा १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ थियो । यस्तै, बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।